काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिकबहादुर लिम्बूलाई नियुक्त गर्नुभएको हो । नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।





















