काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा बैठक सुरू भएको हो ।
बैठकमा सरकारलाई दिएको समर्थन,समसामयिक राजनीति र संसदीय दलको नेता चयनबारे छलफल गरिने केन्द्रीय कमिटी सदस्य मुकुल ढकालले बताए । उनले आजको बैठकबाट संसदीय दलको नेतामा रवि लामिछानेलाई चुन्ने तयारी भएको बताए।
नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो । लामिछाने चितवन-२ बाट पुननिर्वाचित भएपछि अर्यालले संसद दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।




















