काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भण्डारी मिुम्बईस्थित नेशनल बर्न सेन्टरमा स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् । भण्डारी आइतबार दिउँसो नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएको भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए । पछिल्लो समयमा भण्डारी बोल्ने र हिँड्न सक्ने भएका छन् ।
सो आगलागीमा परी सांसद भण्डारी र उहाँ आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।




















