काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् ।
कांग्रेस संसदीय दलका नेता चौधरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्य मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री चौधरीले तीन सदस्यीय विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
चौधरीले बिहीबार ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।




















