काठमाडौँ । क्यानडाको सुन्दर सहर क्यालगरीस्थित मार्लुबोरो कम्युनिटी हलमा शनिबार गायक सुगम पोख्रेल सांगीगित साँझ सम्पन्न भएको छ । दर्शकहरुले खचाखच भरिएको हलमा सम्पन्न सुगम पोख्रेल साँझ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा करिब ५०० जना दर्शकहरुको उपस्थिति रहेको थियो ।
महागुरु फाल्गुनन्द इन्टरटेनमेन्टले आयोजना गरेको सो कार्यक्रम ऐतिहासिक भएको आयोजक संस्थाका प्रमुम चोङवाङ ठुलेले जानकारी दिएका छन् ।

मदन पुरस्कार विजेता वलिराम इङनामको प्रमुख आतिथ्यतामा सम्पन्न सो सांगीतिक साँझमा गैरआवासीय नेपाली संघका सभापति सम्राट थापाले गायक सुगम पोख्रेललाई सम्मानसमेत गरेका थिए । सो कार्यक्रमबाट उठेको केही रकम अनाथालय र वृद्धाश्रमलाई सहयोग गर्ने संस्थाका प्रमुख चोङवाङ ठुलेले बताए । गायक सुगमले ‘फेरि त्यो दिन….’ लगायत १५ वटा गाना गाएका थिए भने स्थानीय कलाकारहरुले समेत आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
विशुद्ध मनोरञ्जनको उद्देश्य लिएर गरिएको कार्यक्रम ऐतिहासिक बनेको दर्शकहरुले बताएको आयोजकले जनाएको छ । ‘यति धेरै पाहुना आएर टिकट नै नपाउने भएको यो पहिलो कार्यक्रम हो,’ कार्यक्रमका आयोजक राजेन्द्र चोमवाङ उर्फ चोङवाङ ठुले बताउँछन् । सुमन अधिकारी र मेम नेपालको नेतृत्वमा सुगम पोख्रेलले क्यानडामा १४ वटा कार्यक्रम गर्ने बताइएको छ । सो बृहत् कार्यक्रम क्यानडामा पहिलो पटक हुने आयोजकले जानकारी दिएको छ ।

























