काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी बैठकलाई दिने कार्यसूची छ ।
रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णयसहित संसद सचिवालयमा पत्र पठाइएको थियो ।
श्रेष्ठको स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिन्दाबासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरिसकेको छ ।




















