काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको सुरुवाति मत परिणाम सार्वजनिक भएको छ ।
इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले अग्रता लिएका छन् ।
प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाउनु भएको छ भने दोस्रो स्थानमा रास्वपाका रवि लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा रहेका छन् । हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।




















