तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडि बढेका छन् ।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफ्ना मुख्य प्रतिस्पर्धीभन्दा वाग्ले ५ हजार मतले अगाडि बढेका हुन् । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।
यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन् । एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत प्राप्त गरेका छन् ।




















