काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा माग गरेका छन् । उनले बैठक बस्दिनँ भन्ने जनप्रतिनिधिले राजीनामा दिएर मार्ग प्रसस्त बनाउन आग्रह गरेका छन् ।
उनले कुनै खास कारणबिना पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि जनप्रतिनिधिले खेलवाड गरिरहेको आरोप लगाए।
उनले वडाध्यक्षहरूलाई हालसम्म भएका काम कारबाहीको विवरणसमेत माग गरेका छन् । उनले धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको उल्लेख गरे ।