काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधी मण्डल बुधबार रुस प्रस्थान गरेको छ ।
रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको हो ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको संसदीय टोलीमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । भ्रमण टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदुत अलेक्सेइ नोभिकोभ र संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिदाई गरेका थिए ।
अध्यक्ष तिमिल्सिनासहितको प्रतिनिधि टोली रुसको भ्रमण पूरा गरी १२ वैशाखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।