काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।
भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको सामाजिक सन्जाल फेसबुकमार्फत उनले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’
ओलीले बारा २, तनहुँ १ र चितवन २ मा एमालेका उम्मेदवारलाई विजय गराउन अपिल गरेका छन् ।
‘सबैलाई नमस्कार ! भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन’ ओलीले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’




















