काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री प्रचण्ड कति दिन टिक्ने कुनै ठेगान नभएको बताएका छन् ।
साथै अध्यक्ष राउतले मधेश प्रदेशका मुख्यमन्त्री उपनिर्वाचनपछि फेरिने तर्क गरे ।
साथै राउतले चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा डा. राउतले लेखेका छन्–’यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन । मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ । यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन । जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु । चैत १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको ।’




















