काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । वैठकमा संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।
सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।