कैलाली । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन् । माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका भट्टलाई भेट्न प्रधानमन्त्री दाहाल भट्टकै निवासमा पुगेका हुन् ।
कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले भट्टसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका छन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट सिधै भट्ट निवास पुगेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भट्टसँग भेटवार्ता गरेका हुन् ।