काठमाडौं । प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा तीन दलका शीर्ष नेताहरुको भेटघाट भएको छ ।
प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।
छलफल भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री, सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।
उनीहरूबीच समसामयिक राजनीतिक विषय तथा संसद्को बिजनेसबारे कुराकानी हुनसक्ने अनुमान गरिएको छ ।