काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतककाे जिम्मेवारी मेटमणि चौधरीलाई दिएको छ । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।
दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत रहेका छन् ।
यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।




















