काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदले पूर्णता पाएपछि इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताएका हुन ।
यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोजेको भन्दै उनले केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरु गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने धारणा राखेका छन् ।
उनले अहिलेको अवस्थामा प्रतिस्पर्धा गर्न कर्मचारीहरुलाई सुझाव दिएका छन् ।



















