काठमाडौं । दस दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिलेपछि बैठक भोलिलाई बस्नेगरी स्थगित भएको हो ।
बैठकमा दलका नेताहरूले मन्त्रालयमा अडान लिँदा सहमित हुन नसकेको सहभागी एक नेताले बताए। ‘बैठकमा सबैले आ-आफ्नो अडान छोड्नुभएको छैन। जसका कारण सहमतिको बिन्दु तय हुन सकेन। अर्को बैठकमा यसलाई टुंग्याउने कुरा छ,’ ती नेताले भने।
नेपाली कांग्रेसका नेता रमेश लेखकले भने बैठकमा सकारले ल्याउने न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको बताए। उनले मस्यौदामा पनि सबै दलहरूले सुझाव दिएको बताए। ‘भागबण्डाभन्दा पनि आजको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदाका विषयमा छलफल भयो । भोलिसम्म त्यसलाई टुंग्याएर सार्वजनिक गर्ने सल्लाह भएको छ,’ सञ्चारकर्मीसँग उनले भने ।




















