काठमाडौँ । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गरेका छन् ।
पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । एक महिनाअघिदेखि नै एमाले नेताहरुसँग निकट भएका उनको संवाद चलिरहेको थियो । उनी एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य रहेका थिए ।
एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिकामा रहेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष भएका थिए ।




















