काठमाडौं । मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आज अपरान्ह बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । बैठकमा सरकारका कामकारबाही, मिटरब्याजी पीडितलाई सम्बोधन गर्नेगरी ल्याइने विधेयकलगायत विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्रीका प्रेस संयोजक शर्माका अनुसार आजको बैठकमा मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय हुनेछ। सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको छ । यससम्बन्धी कानुन ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको शर्माले जानकारी दिए ।




















