काठमाडौं । नेपाली कांग्रेसले रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र- १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार भएको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउने सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताएका छन् ।
नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष समेत बनेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका छैनन् ।




















