काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको जानकारी दिए ।




















