काठमाडौं । नेपाली कलाकारको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’ १९ औं महाधिवेशन यही चैत ४ गते हुँदैछ । महाधिवेशन नजिकिएसँगै कलाकाहरु नेतृत्वका लागि दौडधुप गरिरहेका छन् ।
कलाकार संघको नेतृत्वका लागि दुई वटा समूह बन्ने देखिएको छ भने अन्य केहीले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
शनिबार कार्यसमितिको विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा २, उपाध्यक्षमा ७, महासचिवमा ५, सचिवमा २, कोषाध्यक्षमा २, सहकोषाध्यक्षमा २ र सदस्य पदका लागि २६ जनाको उम्मेदवारी दिएका छन् ।
एक उपाध्यक्ष सहित ३ मनोनित र एक निवर्तमान अध्यक्ष गरेर २१ जनाको कार्यममिति हुने कलाकार संघमा अहिले विभिन्न पद गरेर १७ जनाका लागि निर्वाचन हुन लागेको हो । जसका लागि विभिन्न पद गरेर ४६ जनाले उम्मेदवारी दिएका छन् ।
एक अध्यक्ष पदका लागि मोहन निरौला र रेजिना उप्रेती गरी दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् भने दुई उपाध्यक्ष पदका लागि धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजाल गरेर ७ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै एक महासचिवका लागि सविन श्रेष्ठ, सञ्जय खतिवडा, धर्मानन्द आचार्य, पनाह अधिकारी र उत्तम केसी गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।
एक सचिव पदका लागि रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी दिएका छन् भने एक कोषाध्यक्ष लागि नोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् । एक सहकोषाध्यक्षका लागि रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् ।
त्यस्तै ७ सदस्य पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । सदस्य पदमा लक्ष्मण चौलागाईं, उद्धवप्रसाद भट्टराई, पवन केसी, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, रोशन श्रेष्ठ, दिनेश अवाल, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, खिन्नबहादुर भण्डारी, समीर लामा तामाङ, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, निर्मल स्याङतान, बबिता ढकाल, पुण्यप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका प्रत्यासी मोहन निरौला र रेजिना उप्रेतीले आ–आफ्नो प्यानल बनाउने प्रयास गरिरहेका छन् । निरौलाले सदस्य वाहेकको प्यानल बनाइसकेका छन् भने उप्रेतीले प्यानल बनाउन छलफल गरिरहेको बताइएको छ ।
महाधिवेशन भव्य बनाउन कलाकार संघले आन्तरिक तयारी सकेको छ । जसका लागि संघले वर्तमान कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट पनि गरेको छ ।
महाधिवेशनका लागि स्काई दरबार पार्टी प्यालेस बुकिङ गरिएको संघका अध्यक्ष रविन्द्र खड्काले बताएका छन् ।