काठमाडौँ । चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी चैत १७ गतेदेखि प्रदर्शन हुने फिल्मको ट्रेलर अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथा झल्किएको छ ।
फिल्मको ट्रेलर बाघठाटा फिल्म फ्याक्ट्री युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायत कलाकारको अभिनय छ।
महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । गोविन्द सिंह भण्डारी लिखित तथा निर्देशित फिल्म ‘प्रेमा’ निर्माणमा सिंहसँग विवेक घिमिरेले सहकार्य गरेका छन् ।