काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘छक्कापञ्जा-४’ र ‘छड्के-२’ । ‘छक्का पञ्जा-४’लाई हेमराज बिसी र ‘छड्के-२’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्र ‘छक्का पञ्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘छड्के-२’ मा अनमोल केसी रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायत कलाकारको अभिनय छ ।




















