काठमाडौँ । नेपाल चलचित्र पत्रकार संघमाा समीर बलामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ विजयी भएका छन् भने उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भएका छन् ।
संघको महासचिवमा रघुनाथ सापकोटा निर्वाचित भएका छन् भने सचिवमा नविन गिरी, समावेश सचिवमा उद्धव रसाइली विजयी भएका छन् ।
यस्तै, कोषाध्यक्षमा मनिषा कार्की विजयी भएका छन् भने कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यमा सीपी जैसी, सुरेन्द्र थापा, अनुप भट्टराई, अर्जुन गुरागाईं, निशा बजगाईं र कृष्ण पाण्डे विजयी भएका छन्।
संघको महिला सदस्यतर्फ सुष्मा कार्की विजयी भएकी छिन् भने समावेशी सदस्यमा मोहमद जलिम विजयी भएका छन् ।
























