हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा भुईफसी जात्रा मनाइन्छ । मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारायण, बालकुमारीलगायतका मूर्ति, भूईफसी अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ब गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरिन्छ । परिक्रमापश्चात बालकुमारी मन्दिर परिसरमा भूईफस अर्थात् कुभिण्डोलाई काटमार गरी यो जात्रा मनाइन्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस