काठमाडौं । प्रतिनिधिसभा विघट्नसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले पनि गर्नु हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहितका पाँच न्यायाधीशको इजलासमा जारी सुनुवाइका क्रममा न्यायाधीश हरिकृष्ण कार्की बाहिरिनु भएपछि न्यायाधीश मल्लको नाम सर्वोच्च अदालतलतले आजको दैनिक पेसी सुचीमा समावेश गरेको हो ।
सो इजलासमा प्रधानन्यायाधीश जबरा सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी समेत रहनु हुने सर्वोच्चले जनाएको छ ।



















