काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित ४०९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ६३ हजार १९३ जनामा भाइरसबाट सङ्क्रमण भएको छ । उनीहरुमध्ये हाल ५ हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४९५ जना कोभिड सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ५६ हजार १६१ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १९ लाख ६४ हजार १६० जनाको आरटीपीसीआर परीक्षण भएको मन्त्रालयले उल्लेख गरेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९९ पुगेको छ । हाल ३४२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।



















