काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित ५२२ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ६२ हजार ७८४ जनामा भाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५७८ जना कोभिड सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख ५५ हजार ६६६ जना सङ्क्रमित निको भएका छन् । हाल ५ हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १९ लाख ५७ हजार ४५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९३ पुगेको छ ।



















