काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २ लाख ६२ हजार २६२ जनामा सङ्क्रमित पुगेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९४ जना कोभिड सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ५५ हजार ८८ जना सङ्क्रमित निको भएका छन् ।
हाल ५ हजार २८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १९ लाख ५२ हजार ९०३ जनाको आरटीपीसीआर परीक्षण गरिएको बताइएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड १९ बाट मृत्यु हुने १ हजार ८८५ पुगेको छ ।



















