काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित ४२६ जना थपिएका छन् । हालसम्म २ लाख ६१ ह्जार १९ जनामा भाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६ हजार ४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख ५३ हजार १०७ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको संख्या एक हजार ८६४ पुगेको छ ।




















