काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ५७ हजार २०० पुगेको छ । हालसम्म १९ लाख ३९२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार १४२ जनाको परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८९२ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको भएकाहरुको संख्या २ लाख ४८ हजार २९२ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल ७ हजार ९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१६ जनाको मृत्यु दत्र्ता गरिएको छ ।



















