काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । सो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको इजलासले सुनुवाइ भइरहेको छ ।
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै १२ वटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सबै रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गर्नुभएको थियो ।



















