काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित ९३६ जना थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित २ लाख ५० हजार १८० पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १ हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल ९ हजार ८८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९५.३६ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ११७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ४५७ जना क्वारेन्टिनमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ ।



















