काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८२१ जना सङ्क्रमित थपिएका छन् भने ८४२ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सङ्क्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
हालसम्म २ लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल दश हजार ९५५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर ९४.९२ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिले ४७१ जना क्वारेन्टिनमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७१८ पुगेको छ ।



















