काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना सङ्क्रमित निको भएका छन् । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट निको हुने दर ९४.३२ प्रतिशतमा उक्लेको छ ।
हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल १२ हजार २४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ जना पुगेको छ ।



















