काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १४ जना सङ्क्रमित थपिएका छन् । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढेको छ । कोरोना भाइरसबाट ९३.९८ प्रतिशत निको भएका छन् । हालसम्म २ लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको आरटी पीसीआर नमूनाको परीक्षण भएको थियो । हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल १२ हजार ९४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल ५२७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ जना पुगेको छ ।



















