काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित १ हजार ९६ जना थपिएका छन् । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २५ हजार ८०५ जना सङ्क्रमित निको भइसकेका छन् । कोरोना भाइरसबाट ९३.७ प्रतिशत निको भएका छन् ।
हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रायले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको थियो भने हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ जनाको मृत्यु पुगेको छ ।
मन्त्रालयले हाल ५३६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।



















