काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका १ हजार २७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख २१ हजार ८४७ जना सङ्क्रमित निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार हाल १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण गरिएको र हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालय जनाएको छ । मन्त्रालयले हाल ६३७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट १ हजार ५६७ जनाको मृत्यु भएको छ ।



















