काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख २० हजार २७२ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.७१ प्रतिशतमा उक्लेको छ ।
हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ । मन्त्रालयले हाल ५७६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ जना पुगेको छ ।



















