काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिउका समेत गरेर नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
त्यस्तै आज १५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १६ हजार ५४७ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म १७ लाख ५४ हजार ६३० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६०५ रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।



















