काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार हुम्लास्थित नयां भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर-पश्चिम पृतना हे।क्वा। को निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वा. को स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।
साथै, उँहाले आज र भोलि सुदुरपश्चिम पृतना हेडक्वाटर लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्नु हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।




















