काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका संक्रमित १ हजार ३०४ जना थपिएका छन् । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख १६ हजार ५९४ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.७८ प्रतिशतमा उक्लेको छ । हाल १६ हजार ६३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट १ हजार ५२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल ६१६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।



















