काठमाडौं । नेपालमा कोरोना भाइरसका १ हजार ४७४ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ हजार ४२३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९३१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९१.८९ प्रतिशतमा उक्लेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ जनाको पुगेको छ । हाल ५३५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।



















