काठमाडौं । नेपालमा कोरोनाभाइरसका संक्रमित १ हजार ६६९ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ९५७ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित संख्या १९ हजार ९६३ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ।



















