काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।



















