काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार जम्मा संक्रमित मध्ये २८ हजार १०६ जनामा संक्रमण सक्रिय रहेको छ।
नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५५९ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमित निको भएको र हालसम्म निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ। आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको मन्त्रालयले जनाएको छ।




















