काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १ हजार ३८ जना काठमाडौं उपत्यकाका हुन । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । उनीहरुमध्ये २८ हजार ८७८ जनामा भाइरस सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५३८ जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म एक लाख ८२ हजार ७८० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८५.८ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ पिसिआर परिक्षण भएको छ । नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख २३ हजार ७५४ भएको पनि मन्त्रालयले जनाएको छ ।


















