काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ११ हजार ९७३ पुगेका छन् । हाल ३० हजार ९८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।



















